दफा २७
नयाँ साझदार जवाफदेही नहुने
:– (१) आफू साझेदार हुनुभन्दा अगाडि भएको गरेको साझेदारी कामको हकमा नयाँ हुने साझेदार जवाफदेही हुनेछैन ।
(२) साझेदारीबाट अलग हुने साझेदारलाई फर्मको अघिको काममा उनाउ व्यक्ति प्रतिको जवाफदेहीबाट सो उनाउ व्यक्तिसँगको कबुलियतद्वारा र साझेदारी कायम रहेका बाँकी साझेदारहरुको मञ्जूरीले मात्र फूर्सत हुन सक्नेछ ।
(३) उनाउ व्यक्तिलाई कुनै साझेदार साझेदारीबाट अलग हुने भएको छ भन्ने थाहा भएमा अलग हुने साझेदार आफू अलग भईसकेपछि अरु साझेदारले फर्मको नामबाट गरे भएका काम प्रति निजको जवाफदेही हुने छैन ।